युएईमा हुने लिग-२ एकदिवसीय सिरिजका लागि नेपाली टोली घोषणा

काठमाण्डौं । आइसिसी टी-२० विश्वकप एसिया एन्ड इपिए छनोट जितेर अर्को वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकपमा पुगेको नेपाली टोली अहिले युएई पुगेको छ। आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिज खेल्नका लागि नेपाली टोली युएई पुगेको हो। नेपाल, युएई र अमेरिकाबीच युएईको दुबईमा एकदिवसीय त्रिकोणात्मक सिरिजका खेल हुनेछ। नेपाली टोली युएई पुगेसँगै नेपाल क्रिकेट संघले एकदिवसीय टोली घोषणा गरेको छ। यो टोलीमा टी-२० टोलीभन्दा तीन खेलाडी फरक छन्। जसमा एकदिवसीय टोलीमा भीम सार्की, अनिलकुमार साह र साहब आलम टोलीमा परेका छन्। यसअघि टी(२० टोलीमा रहेका लोकेश बम, सन्दीप जोरा र आदिल अन्सारी एकदिवसीय टोलीमा छैनन्। बाँकी १२ टी-२० टोलीका खेलाडी एकदिवसीय टोलीमा समावेश छन्।
नेपाली टोली : रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उप कप्तान), कुशल भुर्तेल, मो आरिफ शेख, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्शन झा, कुशल मल्ल, मो। आसिफ शेख, अनिल कुमार साह, भीम सार्की, साहब आलम, ललित नारायण राजवंशी सिरिज आगामी २६ अक्टोबरदेखि सुरु हुनेछ। अक्टोबर २६ मा नेपाल र अमेरिका दुबई अन्तर्राष्ट्रिय रंगशालामा प्रतिस्पर्धा गर्नेछन्। त्यसपछि नेपालले ३० अक्टोबरमा युएईसँग खेल्नेछ। त्यसपछि १ नोभेम्बरमा अमेरिका र ५ नोभेम्बरमा युएईसँग खेलेपछि नेपाली टोली स्वदेश फर्कनेछ। लिग-२ मा नेपालले १६ खेल खेल्दा १२ अंक मात्र जोड्न सकेको छ। आठ टोलीको यो प्रतियोगितामा स्कटल्यान्ड २४ खेलबाट ३० अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको अमेरिकाको २० खेलबाट २८ अंक छ भने नेदरल्यान्ड्स पनि २४ खेलबाट २८ अंक जोडेर तेस्रो स्थानमा छ। चौथो स्थानको ओमानको २० खेलबाट २४ अंक, पाँचौ स्थानको क्यानडाको २४ खेलबाट २१ अंक र छैटौं स्थानको नामिबियाको समान खेलबाट १९ अंक छ। १२ अंक जोडेको सातौं स्थानमा रहदा युएई ६ अंकसहित आठौ स्थानमा छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *