जनउपकार सहकारी संस्थाको साधारणसभा सम्पन्न
दोलखाको जुँगुमा रहेको जनउपकार बचत तथा ऋण सहकारी संस्थाले २६औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाले आश्विन २१ गतेदेखि २९ गतेसम्म क्षेत्रगत रुपमा साधारणसभा गरी संस्थाका अध्यक्ष बद्रीबहादुर बुढाथोकीको अध्यक्षतामा संस्थाले प्रमाणिकरण सभा गरेको हो । शेयरपुँजी ४ करोड १० लाख, बचत संकलन ४५ करोड ५९ लाख र ऋण लगानी ३४ करोड ४७ लाख रहेको संस्थाको कुल पुँजी ५४ करोड ७३ लाख पुगेको छ ।
सहकारी संस्थाले मुख्य कार्यालय र ६ वटा सेवा केन्द्र समेत ७ स्थानबाट सेवा प्रवाह गर्दै आइरहेको छ । संस्थाले कडा रोग लागेकालाई सात हजार उपचार खच, ७५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई र अपांगता भएका सदस्यलाइ मासिक भत्ता उपलब्ध गराउने, सुत्केरी भत्तालाई निरन्तरता दिने, प्राकृतिक विपत्तीमा परेकालाई ५ हजारसम्म राहत दिने कार्यक्रमलाई निरन्तरदा दिँदै सामाजिक उत्तरदायित्वबहन गर्दै जाने जनाएको छ ।