आईएमई लिमिटेडले नगद लाभांश वितरण गर्ने, कात्तिक २५ गते वार्षिक साधारण सभा

काठमाडौं । आईएमई लिमिटेडले नगद लाभांश पारित गर्न आईएमई लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको असोज ३१ गते बसेको बैठकले कात्तिक २५ गते बिहान ९ बजे काठमाडौंमा २५ औँ वार्षिक साधारण सभा बोलाएको हो ।

कम्पनीको सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८१।८२ को प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, साहायक कम्पनी आईएमई खल्तीको आव २०८१।८२ को वित्तीय विवरण स्वीकृत गर्ने र चालु आव २०८२।८३ को लागि बाह्य लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ । साथै, सभाले सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *