नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक अधिकारीमाथि दुर्व्यवहार

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि दुर्व्यवहार भएको छ । सोमबार साँझ उनी घर जाने क्रममा सातदोबाटोस्थित एन्फा नजिकै केही अज्ञात व्यक्तिहरूले उनीमाथि दुर्व्यवहार गरेका हुन् । उनले आफूमाथि दुर्व्यवहार भएको भन्दै प्रहरीसमक्ष निवेदन पनि दिएका छन् । जिल्ला प्रहरी परिसर, ललितपुरको एसएसपी होविन्द्र बोगटीका अनुसार, कसले दुर्व्यवहार गरेको भन्नेबारेमा अनुसन्धान अघि बढाइएको छ । ‘हामी यहाँ वरपर रहेका क्यामेराको सहयोगमा अन्य थप कुरा खोजिरहेका छौं,’ बोगटीले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *