आज सुनको मूल्य २ लाख ३९ हजार ७०० रुपैयाँ कायम

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा २ लाख ३९ हजार ७०० रुपैयाँ कायम भएको छ । आइतबार पनि सोही मूल्यमा सुन कारोबार भएको थियो ।

यस्तै सोमबार सुन प्रति १० ग्राम तोलामा २ लाख ५ हजार ५०४ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैबिच सोमबार चाँदीको मूल्य तोलामा ३ हजार ६० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार चाँदीको मूल्य तोलामा ३ हजार ५५ रुपैयाँ कायम भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *