२८ किस्ताबराबरको एक किस्ता रकम धरौटीमा राख्न उद्योगहरू सहमत
काठमाडौं । डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता विवादमा उद्योगहरू सहमतिमा आएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरूसँगको भेटमा आफूले राखेको मध्यमार्गी प्रस्तावमा सहमति भएको दाबी गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका अनुसार, २८ किस्ताबराबरको रकम धरौटी राखेर पुनरवलोकनमा जाने सहमति भएको हो । २८ किस्तामा तिर्ने बक्यौता रकम धरौटी नेपाल विद्युत् प्राधिकरणको खातामा जम्मा गरेपछि लाइन जोड्ने सहमति भएको महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए ।















