फिल्म निर्देशक निश्चल बस्नेतलाई मातृशोक
काठमाडौँ । फिल्म निर्देशक निश्चल बस्नेतलाई मातृशोक परेको छ । उनकी ७१ वर्षिया आमा अमृताको बुधबार बिहान ११ बजेर ४३ मिनेटमा निधन भएको छ । पारिवारिक स्रोतका अनुसार २ महिनादेखि उनी निमोनियाले पीडित थिइन् । चावहिलस्थित ओम अस्पतालमा उनको उपचार हुँदै आएको थियो ।
साथै, १५ वर्षदेखि मिर्गौलाको डायलासिस पनि गराउँदै आएकी थिइन् । उनको अन्त्येष्टि बुधबार पशुपति आर्यघाटमा हुने जनाइएको छ । अमृताका दुई छोरी र एक छोरा छन् । छोरा निश्चल चर्चित फिल्म निर्देशक हुन् भने बुहारी स्वस्तिमा खड्का चर्चित फिल्म अभिनेत्री हुन् ।
















