प्रोटोन इमासको शोरूम नारायणगढमा
काठमाण्डौं । जगदम्बा मोटर्स प्रालि अन्तर्गतको प्रिमियम इलेक्ट्रिक सवारी साधन ब्रान्ड प्रोटोन इमासले चितवनको नारायणगढमा शोरुम सञ्चालनमा ल्याएको छ । यस शोरुमबाट थ्री एस सेवा (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) प्रदान हुने जगदम्बा मोटर्सले जनाएको छ । देशव्यापी विस्तार यात्रालाई निरन्तरता दिँदै चितवनमा शोरुम सञ्चालनमा ल्याइएको कम्पनीको भनाइ छ ।
उद्घाटन समारोहमा प्रमुख अतिथि चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमन कुमार श्रेष्ठ, विशेष अतिथि सीएनआई चितवनका अध्यक्ष मदन घिमिरे र उद्योगपति तथा समाजसेवी बल गोपाल चुके सहभागी थिए । साथै प्रोटोन इमासका प्रतिनिधि र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले नारायणघाट शोरूमले आधुनिक ईभी प्रविधि र विश्वसनीय सेवालाई ग्राहक नजिक पुर्याउने बताए । नारायणगढ शाखा थपिएसँगै प्रोटोन इमासले नवप्रवर्तन, विश्वसनीयता र दिगो यातायात सञ्जाललाई अझ सुदृढ बनाएको छ ।
















