स्वर्णलक्ष्मी सहकारी ठगीका आरोपित बमजन पुनः पक्राउ
काठमाडौं । प्रहरीको हिरासतबाट भागेका एक थुनुवा पुनः पक्राउ परेका छन् । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनमा संलग्न ज्ञानबहादुर बमजनलाई प्रहरीले पुनः पक्राउ गरेको हो । बमजन ‘जेनजी’ आन्दोलनका क्रममा गएको भदौ २४ गते जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट भागेका थिए । उनलाई शुक्रबार पुनः पक्राउ गरेर थुनामा राखिएको काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए । बमजनमाथि थप अनुसन्धान गरेर पूरक प्रतिवेदन बुझाइने उनले बताए । पक्राउ परेका बमजन सहकारी ठगीका मुख्य आरोपित गितेन्द्रबहादुर (जीबी) राईका आफन्त हुन् ।
















