सप्तकोसी सिमेन्टको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । सप्तकोसी ब्रान्डको सिमेन्ट उत्पादन गर्ने सप्तकोसी सिमेन्ट लिमिटेडको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंको त्रिपुरेश्वरमा कम्पनीको साधारणसभा सम्पन्न भएको हो । सभाले सेयरधनीहरूलाई कम्पनीको खुद मुनाफाबाट १२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । साथै, कम्पनीले कुल जारी पुँजीको अधिकतम २० प्रतिशत बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) सर्वसाधारणमा जारी गर्ने प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ ।

सभाले कम्पनीको सञ्चालक समितिमा परिवर्तन गर्दै मोना जालानलाई नयाँ सञ्चालक समितिको अध्यक्ष र दिवाकर थापालाई स्वतन्त्र सञ्चालकमा चयन गरेको छ ।सप्तकोसी ब्रान्डअन्तर्गत दैनिक ६०० टन सिमेन्ट उत्पादन गर्ने यो उद्योग मोरङ जिल्लाको कटहरी गाउँपालिकामा अवस्थित छ । कम्पनीले उत्पादन गुणस्तर र बजार विस्तारमा निरन्तर सुधार गर्दै देशकै भरपर्दो सिमेन्ट ब्रान्डका रूपमा आफूलाई स्थापित गर्दै आएको जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *