नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय

काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ । आज नियुक्त भएका कार्की नेपाल प्रहरीको ३३ औं महानिरिक्षक हुन् । उनले यही कार्तिक २७ गतेबाट आईजीपीको कार्यभार सम्हाल्नेछन् । वर्तमान आईजीपी चन्द्र कुवेर खापुङ यही कार्तिक २६ गतेदेखि अनिवार्य अवकासमा जाने भएपछि सरकारले नयाँ आईजीपीमा एआईजीपी कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

कार्की हाल काठमाडौंको रानीपोखरीमा रहेको महानगरीय प्रहरी आयुक्तको कार्यालयको प्रमुखमा कार्यरत रहेका छन् । अब उनले नेपाल प्रहरीको प्रमुख पद सम्हाल्नेछन् । कार्की भुटानी शरणार्थीको फाइल खोल्ने प्रखर प्रहरी अधिकृत मानिन्छन् । कार्कीले २०५४ साल चैत्र १८ गतेबाट नेपाल प्रहरीमा प्रहरी निरिक्षक पदबाट सेवा आरम्भ गरेका थिए । उनी नेपाल प्रहरीमा प्रवेश गरेको २८ वर्ष पुग्नै लाग्दा आईजीपी बन्न पुगेका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *