प्रसाईं समूहले गृहमन्त्रीलाई बुझायो २७ बुँदे मागपत्र

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’ले गृह मन्त्रालयमा २७ बुँदे मागपत्र बुझाएको छ । बुधबार बिहान गृहमन्त्री ओमप्रकाश अर्यालयसहित सहभागी वार्तापछि सो समूहले २७ बुँदे मागपत्र बुझाएको हो । वार्तामा प्रसाईं स्वयं भने सहभागी थिएनन् । उनको समूहबाट वार्ताका लागि गएका माधवप्रसाद खतिवडाले मागपत्र बुझाएका हुन् ।

मागपत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्नेलगायतका विषय समेटिएका छन् । त्यस्तै, प्रदेश संरचना खारेजीदेखि संविधान खारेज हुनुपर्नेसम्मका माग प्रसाईंले राखेका छन् । प्रसाईंले मंसिर ७ गतेदेखि देशभर चरणबद्ध प्रदर्शन गर्ने घोषणा गरेका थिए । आन्दोलन घोषणा गरेपछि गृह मन्त्रालयले उनलाई वार्ताका लागि बोलाएको थियो । तर, आजको वार्तामा प्रसाईं आफू भने उपस्थित भएनन् । प्रधानमन्त्रीस्तिरीय वार्ताबाहेक अन्य वार्तामा आफू नबस्ने भन्दै उनले आज प्रतिनिधि पठाएका हुन् । वार्तामा आफूहरूका मागका बारेमा सामान्य छलफल भए पनि सहमति नभएको खतिवडाले बताए । सरकारले आफूहरूका माग पूरा गर्ने प्रतिबद्धता जनाए पूर्वघोषित आन्दोलन फिर्ता लिने उनको भनइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *