प्रभु महालक्ष्मीको त्रैमासको वित्तिय विवरण सार्वजनिक,व्यवसाय र मुनाफामा वृद्धि

काठमाडौं । प्रभु महालक्ष्मी लाइफको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद बीमाशुल्क आर्जन १८ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको खुद बीमाशुल्क आर्जन १ अर्ब ३८ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले १ अर्ब १७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएकोे छ । कम्पनीले १ अर्ब ४४ करोड ३५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । गत बर्षको सोहि अवधिमा १ अर्ब २० करोडरुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

गत बर्षको तुलनामा कम्पनीका बीमाशुल्क आर्जन १९ प्रतिशतले गिरावट आएको छ । यस अवधिमा ५० प्रतिशतले वृद्धि भएर कम्पनीले ६ करोड ३७ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले १२ करोड ६२ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । जीवन बीमा कोषमा ३५ प्रतिशतले वृद्धि भएर १४ अर्ब ८४ करोडरुपैयाँ रहेको छ।गत बर्षको सोहि अवधिमा जीवन कोषमा १० अर्ब ९९ करोड रुपैयाँ रहेको थियो । कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ रहेको छ र प्रतिशेयर नेटवर्थ १ सय १६ रुपैयाँ ५६ पैसा रहेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *