सिटिजन लाइफको खुद बीमाशुल्क २८ प्रतिशतको वृद्धि
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीको कुल बीमशुल्क आर्जन गत बर्षको तुलनामा २७ प्रतिशतले वृद्धि भएर २ अर्ब २३ करोड रुपैयाँ पुगेको छ , गत बर्षको सोहि कम्पनीले १ अर्ब ७४ करोड ७४ लाख रुपैयाँ कुल बीमाशुल्क गर्न सफल भएको छ । पहिलो त्रैमाससम्म्मा कम्पनीको खुद बीमाशुल्क आर्जन २ अर्ब १२ करोड रुपैयाँ रहेको छ । गत बषको तुलनामा कम्पनीकोे खुद बीमाशुल्क आर्जन १ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । गत बर्षको तुलनामा कम्पनीको खुद बीमशुल्क आर्जन २८.७३ प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीको मुनाफा पहिलो त्रैमाससम्ममा ०.४३ प्रतिशतले वृद्धि भएर १३ करोड १४ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले १३ करोड ९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो। कम्पनीको जीवन बीमामा रहेका संचिति गत बर्षको तुलनामा ३८ प्रतिशतले वृद्धि भएको छ । पहिलो त्रैमासको अवधिसम्ममा कम्पनीको जीवन बीमा कोषमा २१ अर्ब ५९ करोड रुपैयाँ रकम संचिति रहेको छ । गत बर्षको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोषमा १५ अर्ब ६३ करोड रुपैयाँ रकम संचिति रहेको थियो । कम्पनीको प्रतिशेयर आम्दानी १०.५२ रुपैयाँ रहेको छ भने कम्पनीको प्रतिशेयर नेटवर्थ १४८.९३ रुपैयाँ रहेको छ।
















