शिरानि साथि ।।
जवानी हुदाँ सबथोक जाति
उमेर ढल्क्यो शिरानि साथि ।
बिस्मात नहुने उमेर जादाँ
सहज हुदैन भरीपूर्ण खाँदा ।
हाँसि खुसिको नेतृत्वभार
पत्तै भएन उमेर पार ।
जहड थियोनि घर धन्दा सार
नहुने ईच्छा बिस्मात हार ।
कोकिल कण्ठ घरको मुहार
सधैं रमेको सुख बहार ।
पुतलि जस्ता तोते बोलेको
महान ठान्थ्यौं हाँसि खेलेका ।
प्रखर लाग्थ्यो बनी बुत्तो गर्दा
दायाँ र बायाँ आङमा सर्दा ।
आशा गरेर मायाँ मुसारी
आमासङ्गको भला कुसारी ।
पयर चाल्दा मायाँ लिएर
भन्थेनि बाबा प्रश्न दिएर।
छप्पर छानो हाम्रो मटान
त्यसै ठूलो भैं भन्ने नठान ।
तिमी जस्तो हिजो थिए जवानि
आज भए म सुन्ने कहानि ।
तिम्रा पयरका धुलो र मैलो
धुने थिन आमा कुरेर दैलो ।
घासका भारी पराल बोकि
नाम्लोको दाग अझ्झैनि छकि ।
बिस्मात छैन खुसि छौं आज
खुसि रहनु जीवन माझ ।
ईच्छा भावना प्रभु हौ शक्ति
पाईन्न चोला जिवन भक्ति ।
बाबा आमालाई मान्दै नमान्नु
आफैं हुर्किए ठान्दै नठान्नु ।
प्रहर आउँछ हास्ने र खेल्ने
कुठारा घातले मायाँमा जेल्ने ।
परिपक्व हुनु जस्तो गरेनि
दुख नहोस् हामी मरेनि ।
हामी सदैन आशिर्वाद दिन्छौ
हाम्रो सहारा मृत्युलाई लिन्छौ ।
तक्दिर हाम्रो खोटि भएछन्
क्षण भै शखि लोटि रहेछिन ।
परम परमेश्वर सम्झि बस्दछाैं
छागाँ सरी भै लोटि खस्दछौं ।
भाग्य बिधाता कर्मको खेल
बिस्तारा मात्र छ बाचुञ्जेल ।
( नुन बाजे )
















