रास्वपाको केन्द्रीय समिति बैठक भोलि बस्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक भोलि गते बस्ने भएको छ । पार्टी कार्यालयद्वारा जारी सूचनाअनुसार बैठक सोही दिन दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय, घन्टीघर, वनस्थलीमा आयोजना गरिनेछ । बैठकमा केन्द्रीय समितिका सबै सदस्यलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ । पार्टीले समसामयिक राजनीतिक अवस्था तथा संगठनात्मक विषयमा छलफल हुने जनाएको छ ।
















