कामना सेवा विकास बैंकको नाफा १९.३६ प्रतिशत बढ्यो

काठमाडौं । कामना सेवा विकास बैंकको चालु आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमासमा खुद नाफा १९.३६ प्रतिशत बढेर ५८ करोड ८६ लाख ९८ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४९ करोड ३१ लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ९.२५ प्रतिशत बढेर १ अर्ब ८१ करोड ८३ लाख ४९ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ६६ करोड ४२ लाख ९३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिशन आम्दानी ९.६० प्रतिशत बढेर २४ करोड ६७ लाख ८५ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ८.४४ प्रतिशत बढेर २ अर्ब १२ करोड ७२ लाख ३४ हजार रुपैयाँ र सञ्चालन नाफा १८.३३ प्रतिशत बढेर ८४ करोड ७४ लाख १४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको चैत मसान्तसम्ममा बैंकको खुद शुल्क तथा कमिशन आम्दानी २२ करोड ५१ लाख ६८ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १ अर्ब ९६ करोड १७ लाख ४८ हजार रुपैयाँ, सञ्चालन नाफा ७१ करोड ६१ लाख २ हजार रुपैयाँ थियो । चालु आवको चैतसम्ममा बैंकको वितरणयोग्य नाफा ४१ करोड ७६ लाख ३ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश क्षमता १४.१५ प्रतिशत रहेको देखिन्छ । गत वर्षको सोही अवधिमा बैंकको वितरणयोग्य नाफा ४९ करोड ९८ लाख ५९ हजार रुपैयाँ थियो । ४ अर्ब २१ करोड १९ लाख ३० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ३ करोड ७३ लाख १८ हजार रुपैयाँ रहेको छ ।

चालु आवको चैत मसान्तसम्म बैंकले ६४ अर्ब ९५ करोड ७ लाख ३२ हजार रुपैयाँ निक्षेप संकलन गरी ५३ अर्ब ५३ करोड ८६ लाख ८७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको चैतसम्म बैंकले ६२ अर्ब ८३ करोड ४३ लाख १ हजार रुपैयाँ निक्षेप संकलन गरी ५० अर्ब ७ करोड ७४ लाख ९७ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । समीक्षा अवधिमा बैंकको निक्षेप ३.३६ प्रतिशत अर्थात् २ अर्ब ११ करोड रुपैयाँ र कर्जा लगानी ६.९१ प्रतिशत अर्थात् ३ अर्ब ४६ करोड रुपैयाँ बढाएको छ । साथै चैत मसान्तमा बैंकको कर्जा निक्षेप अनुपात ८७.३३ प्रतिशत रहेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा पनि वृद्धि भएको छ । गत वर्षको चैतमा ४.२७ प्रतिशत रहेको खराब कर्जा चालु आवमा बढेर ४.४० प्रतिशत पुगेको छ । बैंकका अनुसार आधार दर ५.७६ प्रतिशतमा झरेको छ । जबकि गत वर्षको चैतमा ७.४२ प्रतिशत थियो । बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेर २०.०५ रुपैयाँ पुगेको छ । गत वर्षको चैतमा बैंकको प्रतिसेयर आम्दानी १८.७३ रुपैयाँ थियो । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १६३.५७ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २४.२० गुणा छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *