महोत्तरीमा चलिरहेको टेम्पोमाथि रुख खस्दा दुईको मृत्यु

जनकपुर । महोत्तरीमा चलिरहेको टेम्पोमाथि रुख खस्दा दुई जनाको मृत्यु भएको छ । शनिबार साँझ जलेश्वर–जनकपुरधाम सडक खण्डमा परकौली ब्यारेक नजिक दुर्घटना भएको हो । साँझ हावाहुरीसहित वर्षा भइरहेको बेला टेम्पोमाथि रुख खसेको थियो । टेम्पोमा चालकसहित पाँच जना सवार रहेका थिए । दुई जनाको प्रादेशिक अस्पताल जलेश्वरमा मृत्यु भएको छ भने दुई जनाको उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले मृतकको सनाखत नभएको जानकारी दिएको छ कार्यालयका अनुसार एक जना महिला र एक जना पुरुषको मृत्यु भएको हो । दुई पुरुष र एक घाइते महिलाको उपचार भइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *