अरुले खरिद गर्न नसकेको आत्माहरुको मनमा उब्जेका निडर गन्थन-सुन,नुन,गुन,घुन,मनसुन,खनखन,आईफोन, भनसुन,गनगन !

(१) (क) “In a land of the blind,one-eyed man is a king- लाटाहरुको देशमा गाँडो पनि तन्नेरी हुन्छ,अन्धाहरुको गल्लीमा कानो पनि उज्यालो देखाउने मार्गदर्शक हुन सक्छ,सानो अवशर वा फाइदा लिन सक्नेले आफू निकै शक्तिशाली हो भनेर आतुर हुँदै प्रस्तुत हुन सक्छ ( Portuguese proverb पोर्तुगाली उखान कहावत)।
(ख) “It is better to light a candle than curse the darkness -समस्याबाट समाधान तिर लाग्नुहोस्, गुनासोले भन्दा बरु कामले परिवर्तन ल्याउँछ,अँध्यारोलाई सतोसराप गर्नुभन्दा बरु मैनबत्ति-टुकी सल्काउनतिर लाग्नुपर्छ (
Chinese Proverb चिनिया उखान कहावत) ।
(२) उर्जावान मा।मन्त्रीहरूले जेजस्तो खजाना धन देखाए- कसरी भयो-कहाँबाट आयो-कुन बाटोबाट कमाउनु भयी भनेर प्रश्न गर्न मतदातालाई अधिकार सुरक्षित छ,अब झन उनीहरुको कर्म-एक्सनप्रती सचेत एवं सजग निगरानी गर्नुपर्ने हुन्छ । एक अन्तर्राष्ट्रिय ब्लगमा-कम आय-गरिव-कम पढे लेखेकालाई अर्को हुनेखाने शक्तिले- पक्षले सहजै आफ्नो प्रभाव तथा बसमा पार्न सक्नेछन् भन्ने सन्देश पढेको थिएँ र हाम्रा मन्त्रीहरु शुरूवात मै टन्न मनग्ये हुनेखाने सभ्रान्त सम्पन्न जिम्दारी ढुकुटीवाल पहिले नै अघाएका जस्ता भएकाले आन्तरिक एवं बाह्य कुनै अवाञ्छित शक्तिशालीबाट देखाइने लोभ एवं चलखेलमा प्रभावित हुनेछैनन् । राज्यको श्रोत साधनमा निजि स्वार्थको लागि र्याल चुहाउने छैनन्,घडेरी एवं सुनको अनि सरकारी आईफोन आईप्याड जिन्सीको मोह छोडलान भन्ने सकारात्मक सोचाइमा बसेर कामकारबाहीको प्रतीक्षा गरौँ न !
(३) अहिलेका मन्त्रीहरुले जस्तै गरि छर्लङ्ग पारेर आफ्नो धन प्रस्तुत गर्न अरुले सक्छन् र भनेर मन्त्रीका समर्थक वा कतै नलागेका जनताले अर्को प्रतिप्रश्न सृजना गर्न पनि त सक्छन् ! पुर्व मा.मन्त्री डिम्पल झाले सवारी साधनको दक्षिण भारतीय चलचित्र शैलीमा लावालस्कर प्रदर्शन गरेको भन्दै सामाजिक सञ्जालका भित्ताहरु भरिन लाग्दा त्यो लस्कर त समर्थकले ल्याएका हुन तर अरु पार्टीका टोले बैठक देखि केन्द्रीय बैठकमा सहभागी हुने नेता कार्यकर्ताका महङ्गा सवारी साधनको लस्करको पनि कुरा गर्नुहोस् न है भनेर उल्टै पुर्व मा.डिम्पलज्यूका कार्यकर्ता समर्थकले प्रश्न गरे भने जवाफमा के भन्ने भनेर तयारीमा बस्नु पर्ला नि त भनेर मैले पनि भित्तामा बिचार साझा गरेको थिएँ ! खै ! मेरो त कसले पढ्यो होलान् र तर त्यसपछि भित्तामा देखिएन ।
(४) पुर्वीय सामाजिक ब्यवस्थापनमा टाटु प्रदर्शनप्रति सुरक्षा,समाज र प्रायः सबैले राम्रो दृस्ठिले हेर्दैनन् भनेर सुझाव दिनुस न(मन्त्रीहरुले पनि प्रधानमन्त्रीको निर्देशन भै सकेको छ,प्रम कार्यालयमा बिषयगत महाशाखा छन्,बिषयगत मन्त्रीहरु छन अरुको कार्य क्षेत्रमा चासो राख्नु हुन्छ तर आफुले नै सबै धानेको जस्तो गर्नु भन्दा बरु आफ्नो क्षेत्राधिकार भित्रका कार्यलाई थप प्रभावकारी बनाउनु-प्रहरी निकायका हाताभित्रका गोलघरमा दिन भर कस्ता मानिस आउछन्-ठमेलको तामझाममा कस्ताको जमघट हुन्छ त्यहीँबाट के के योजना बन्छन्,देशभर एकान्तमा खुलेका चिया काफे,रेस्टुरेन्टमा हुने कारोबारमा खरिद बिक्री हुने सामान र ग्राहक बारेपनि यसो चासो अनुसन्धान राख्न उपयुक्त होला कि नहोला भन्ने तर्फ मन्त्रीहरूलाई सुझाव दिनु,पुर्वाग्रह प्रतिशोधलाई राजनीतिक अस्त्र नबनाउनु उपयुक्त हुन्छ भनेर सुझाव दिनु !
(५) देशको आय बढ्यो भने उधम बढ्छ(बैङक समेत आर्थिक पर्यावरण चलायमान हुन्छ-हिजो एमालेको ९ महिने शासन कालमा वाराणसी फरियामा नेरु १००।. भन्सार तिर्दा पनि गुनासो नगरी खुशी नै भयौँ-नेपाली ब्यापारीले पनि नेपाल भित्रै सामान सस्तो गर्न प्रतिस्पर्धा भयो-भारतीय गाडीको नेपाल प्रवेश कडाइ गर्दा नेपाली गाडीमा प्रतिस्पर्धा भएर भाडा कम हुन्छ,सबै दलको सहमतिमा ब्यवहारिक ब्यवस्थापन गर्नु भनेर आफ्नो मन्त्रीहरुलाई सम्झाउनु नि बरु । भ्रष्टाचार तथा मानव वा स्वतन्त्रता एवं प्रभावशालिताको प्रथम द्वितीय आदि क्रम निर्धारण गर्ने ठेक्का लिएका अन्तर्राष्ट्रिय सङ्गठन हुन वा मिडिया हुन यीनले के भने भनेर वास्ता नगर्नु-पछि पनि धेरै नलाग्नु है,देश जनताको भलो हेर्नू भनेर समयमै भनी हाल्नु नि बरु ।
(६) हिजो पुराना दलको चाकरी गर्दै पद सरुवाको अवशर लिदै कमाएर छोरा छोरी पनि तिनै पुराना दलका नेताले गरिदिएको फोनबाट गतिलो शैक्षिक संस्थामा भर्ना पाएकाहरुका छोराछोरी र बाबुआमा समेत पुर्व नेता महाभ्रस्टाचारी भन्दै बुरु बुरु उफ्रिएको देख्दा मानवीय स्वभावको मनोबैज्ञानिक मन्थन गरेर लहड रहर एवं रोमाञ्चमा हत्तपत्त काम देखाउने तिर लाग्दा कहिलेकाही जनता एवं देशले समेत मुल्य चुकाउनु पर्ने हुन्छ भनेर बरु खवरदस्ती गर्नु नि । भएको विश्वविद्यालयलाई प्रभावकारी बनाउने नयाँ विश्वविद्यालय चाहिदैन(अञ्चल पिच्छे,नेता पिच्छे विश्वविद्यालय चाहिन्छ र भनेर प्रश्न गर्नु नि बरु ।
(७) गोल्डेन सरकार-धनाड्य सरकार भनेर खिसीट्यूरी गर्नु भन्दा ल है नयाँको सरकारलाई भारत-अमेरिका-इजरायल- दलाई लामाको हिमाञ्चल धर्मशाला-युरोपेली केहि देश मिलेर फ्री तिब्बत विथ(द) हिमालयन स्टेट एन्ड ताईवान टाइ मूभमेन्टिन फाइलको ट्र्यापमा पो पार्ने हुन कि भनेर जनतामाझ आशङ्का फैलिएको पाईएकोले जनतालाई यस सम्बन्धी कुरा हामी विरुद्ध अफवाह भएको भनेर ठोस विस्वास दिलाउनु भनेर बरु सुझाव दिनु नि । पुराना दलका अशल तथा समाजमा नैतिकता भएका भिडतन्त्रमा विस्वास नगर्ने असल मानिसहरु अहिले खरानी घसेर आएका(देखा परेका नयाँ भन्दा हजारौँ गुणा गुणात्मक हुने भएकाले राजा महेन्द्र एवं बीपीले गर्नु भए जस्तो गरि नयाँ खरानीलाई भन्दा पुराना अशलहरुको सल्लाह लिएमा आजको निर्णय भोलि फेरबदल गर्नु पर्दैन भनेर सुझाव दिनु नि है बरु ।
(८) अमेरिका लैटिन अमेरिका लगायतमा प्रसिद्ध अर्थ बिज्ञहरूले समेत नव उदारवाद विश्व बैङ्क आईएम एफ लगायत केही संस्थाहरुको सम्वन्धमा पुनः बिचार गर्नुपर्ने विवाद बहस चलाएकाले-गर्न थालेकाले हामी अन्तिम प्रयोगशाला नहुने गरि पाईला चाल्न उपयुक्त पो हुन्छ कि भनेर सचेत गराई रहनुपर्ने हुन्छ बरु त्यसो पो गर्नु । पुराना दलका आइएनजिओ एनजीओहरूको रजगज उक्त दलभित्र थियो अहिले पुराना दलका एनजीओ आइएनजिओहरु पुरानाबाट फायदा लिएर नयाँ मन्त्रीहरुका दलभित्र छिरेका छन रे भन्ने चर्चा छ-आर्थिक फायदा त नेतालाई होला तर दलको राजनीतिलाई कलान्तरमा खोक्रो बनाउलान होस् पुर्याउनु है भनेर साथै प्रदेश खारिज गरि हाल्ने खारेज नगरेर प्रदेशमा आफ्ना कार्यकर्ता बिकाउने आशक्त्ती नदेखाउनु भनेर समयमै मन्त्रीहरूलाई सुझाव दिनु बरु ।

तराईको चौडाइ थोरै छ-महेन्द्र राजमार्ग छदै छ बिच बिचमा अनावश्यक तराईको छातिमा पुर्व पश्चिम् पारेर थप राजमार्ग चिर्नु पर्छ जस्तो मलाई चाहिँ लाग्दैन बरु आवश्यकता अनुसार उत्तर दक्षिण सडक बनाउनु उपयुक्त हुन्छ होला भनेर सुझाव दिनु नि चाडैँ । राजा महेन्द्रको नाममा भएका राजमार्ग-प्राकृतिक संरक्षण कोष,पुलिस क्लब-विश्वविद्यालय- बल कप-ताल पोखरी-गुफा-नगर आदि इत्यादीका नाम परिवर्तन नगर्दा लोकतान्त्रिक सार्थकतामा ठुलै हानी हुन्थ्यो होला र,देशको विकासमा बाधा पुग्ने थियोे होला र-नाम फेरबदल भन्दा अरु मुद्दा बढी प्राथमिकतामा पर्छन् कि ? भनेर मैले उहिले लेखेको थिएँ ।
(९) अहिले टेलर हेदै छौँ- अन्धोभक्त्त नभै एक सचेत नेपाली नागरिकको हैसियतले काम हेर्दै छौँ तर किन हो जनताको मनमा निरासा फेरि भरिन थालेको छ अनि नयाँ मन्त्रीका पार्टीका नेताहरुमा हिजोको त्यो प्रफुल्लता सुस्ताएको हो कि ,कहिँ अनुभवको कमिले गर्दा जिम्मेवारी पनि भारी पो लागेको हो कि जस्तो लाग्यो-मलाई भ्रम भएको हुन सक्छ-समय छ हेर्दै जानू पर्छ क्लाईमेक्ससम्म सकारात्मकताको अपेक्षा गर्नुपर्छ-नाङ्गै हुन थाले अरु विकल्प खुला छन् ।
(१०) अध्यारोमात्रै नखोजी पर्खेर राष्ट्रिय एकताको जगमा उज्यालो हेर्ने पाइयोस् सकियोस्-नेपालीको नयाँ वर्ष वि.सं.२०८३ को उपलक्ष्यमा विनम्र शुभकामना !!
(वि.सं.२०८३ बैशाख ०१ गतेको सामाजिक सञ्जालको भित्ताबाट) । तस्वीर सौजन्यः महेन्द्र राजमार्गमा पर्ने सिराहाको मिर्चैया स्थित इलाका प्रहरी कार्यालयले कर्मचारी अभिलेख व्यवस्थापनको कुरा बुझ्ने सिलसिलामा म आफैँ,वि.सं.२०७४ पुस तथा सोहि राजमार्गस्थित महुली सप्तरीमा मालदह आँप खरिद गर्दै म आफैँ,वि.सं.२०७५ असार)।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *