सञ्चार र स्वास्थ्य मन्त्रीबाहेक सबैको सम्पत्ति विवरण बुझाइयो,सार्वजनिक भएन
काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा सरकार बनेको दुई महिना पूरा भएको छ । अहिलेसम्म सरकारमा १० जना मन्त्री सहभागी छन् । दुई महिनाभित्र सम्पत्ति विवरण बुझाउने र सार्वजनिक गर्ने प्रचलन भए पनि केही मन्त्रीले अझै सम्पत्ति विवरण नबुझाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार अहिलेसम्म दुईजना बाहेक सबै मन्त्रीको सम्पत्ति विवरण प्राप्त भएको छ । मन्त्रालयको वेबसाइटकाअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेल र स्वास्थ्य मन्त्री सुधा गौतमले सम्पत्ति विवरण नबुझाएको पाइएको छ । प्रधानमन्त्रीसहित बाँकी मन्त्रीको सम्पत्ति विवरण प्राप्त भइसकेको विवरण वेबसाइटमै उल्लेख गरिएको छ । प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीका अनुसार सम्पत्ति विवरण छिट्टै सार्वजनिक हुनेछ ।

















