नयाँ दल दर्ताको समय आज सकिँदै

काठमाडौं । नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगले दिएको समयसीमा आज सकिँदै छ । सरकारले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनमा भाग लिनका लागि आयोगले नयाँ दल दर्ताको समय तोकेको थियो । आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ताको छुट्टै समयसीमा पनि तोकेको छ ।

जसअनुसार, प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंसिर १० गतेसम्म दल दर्ता गर्न आह्वान गरिएको छ । आयोगमा पहिले नै दर्ता भइसकेका दलहरूले पनि निर्वाचनमा भाग लिनका लागि पुनः दल दर्ता गर्नुपर्ने हुन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *