एनआईसी एशिया बैंकले माग्यो ३१ जना कर्मचारी, एसएलसी पास गरेकालाई पनि अवसर

काठमाडौं । एनआईसी एशिया बैंकमा एसएलसी पास गरेकालाई पनि जागिर खुलेको छ । एनआईसी एशिया बैंकले काठमाडौं उपत्यकाभित्र तथा बाहिरका विभिन्न शाखामा गोल्ड टेस्टर पदका लागि ३१ जनाको दरखास्त आह्वान गरेको हो । गोल्ड टेस्टर पदमा काम गर्न चाहने उम्मेदवारले एसएलसी वा सो सरहको शैक्षिक योग्यता हासिल गरेको हुनु पर्नेछ । साथै कम्तीमा २ वर्षको सम्बन्धित विषयमा अनुभव भएको वा मान्यता प्राप्त निकायबाट प्रमाणित सुन परीक्षणकर्ता (गोल्ड टेस्टर) भएको हुनु पर्नेछ । आवेदन दिन चाहनेको उमेर १८ देखि ४५ वर्षबीच हुनुपर्ने बैंकले जनाएको छ। इच्छुकले बैंकको वेबसाइटमा गएर आवेदन दिन सक्नेछन् ।

काठमाडौं उपत्यकाभित्र नयाँ सडक, विशाल बजार, कमलादी, चाबहिल, बानेश्वर, त्रिपुरेश्वर, पुल्चोक, सातदोबाटो, बौद्ध, सामाखुशी, भक्तपुर तथा कर्पोरेट अफिस शाखामा माग गरिएको छ । त्यसैगरी, उपत्यकाबाहिर बनेपा, नारायणगढ, हेटौंडा, धरान, दमक, बिर्तामोड, इटहरी, विराटनगर, जनकपुर, वीरगञ्ज, लहान, बर्दिबास, पोखरा, नयाँ सडक पोखरा, बुटवल, भैरहवा, नेपालगञ्ज, तुल्सीपुर, सुर्खेत र धनगढीमा समेत सोही पदका लागि कर्मचारीको माग गरिएको छ । गोल्ड टेस्टर पदका लागि आवेदन दिने व्यक्ति सुनको शुद्धता र वास्तविकता परीक्षण गर्ने, मूल्यांकन गर्ने, सुन धितो कर्जा प्रक्रियाका लागि आवश्यक कागजात तथा अभिलेख व्यवस्थापन गर्न सक्ने हुनुपर्ने उल्लेख छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *