बञ्चरेडाँडा ल्यान्डफिल विवाद टुङ्गियो ,स्थानीय र सरोकारवालाबीच ११ बुँदे समझदारी

काठमाडौं । बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जनको विवाद समाधान भएको छ । विवाद समाधानका लागि भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले बैठक आह्वान गरेका थिए । बैठकमा सहरी विकास मन्त्रालय, प्रभावित क्षेत्र धादिङको धुनिबेंसी नगरपालिका, नुवाकोटको ककनी गाउँपालिका, काठमाडौं महानगरपालिकाका पदाधिकारी र स्थानीय बासिन्दा सहभागी थिए । यस क्रममा फोहोर व्यवस्थापन, वातावरणीय प्रभाव र स्थानीय जनप्रतिनिधिहरूको सुझावलाई मध्यनजर गर्दै ११ बुँदे सहमतिसमेत तयार पारिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *