निर्वाचन आयोगमा १० नयाँ दल दर्ता, २८ प्रक्रियामा

काठमाडौं । निर्वाचन आयोगमा शुक्रबार (मंसिर ५)सम्म १० वटा नयाँ दल दर्ता भएका छन् । आयोगका अनुसार, श्रम संस्कृति पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, राष्ट्रिय परिवर्तन पार्टी, राष्ट्रिय जनमत पार्टी, कम्युनिस्ट पार्टी नेपाल, राष्ट्र निर्माण दल, राष्ट्रिय उर्जाशील पार्टी, पिपल्स फर्स्ट पार्टी र उज्यालो नेपाल पार्टी आयोगमा दर्ता भएका हुन् । २८ दल दर्ता प्रक्रियामा रहेको आयोगले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *