‘जेनजी’ आन्दोलन अमेरिकाबाट सञ्चालित : अग्रज नेता सिंह
काठमाडौं । अग्रज नेता मोहनविक्रम सिंहले ‘जेनजी’ आन्दोलन अमेरिकाद्वारा सञ्चालित रहेको बताएका छन् । काठमाडौंमा जेनजी आन्दोलनबारे आयोजित छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् । वर्तमान अन्तरिम सरकार जेनजी आन्दोलनको परिणाम भएको उनले उल्लेख गरे । तर, त्यो आन्दोलन अमेरिकाबाट सञ्चालित रहेको उनले आरोप लगाए । अमेरिकासँग सम्बन्धित व्यक्तिहरू नै सरकार बनाउने खेलमा सक्रिय रहेको उनको भनाइ छ । उनले जेनजी आन्दोलनको परिणाम र एनजीओ,आईएनजीओसँग सम्बन्धित व्यक्तिहरू वर्तमान सरकारमा रहेका बताए ।
विभिन्न पछिल्ला गतिविधिले उनीहरूको चरित्रलाई उदांगो बनाइदिएको सिंहले टिप्पणी गरे । उनले कुनै पनि देशको राजनीतिमा मूल भूमिका दलहरूले नै खेल्ने बताए । यो सरकार मूल रूपमा जेनजी आन्दोलनको परिणाम हो । जेनजी आन्दोलन मूल रूपमा अमेरिकाद्वारा सञ्चालित हो । त्यसका मान्छेहरू पनि बढी अमेरिकाप्रति सम्बन्धित, बारबरा फाउन्डेसनसँग सम्बन्धित छ । एनजीओरआईएनजीओसँग सम्बन्धित छ । त्यसले आफ्नो चरित्रलाई उदांगो बनाएको छ । यो जेनजी आन्दोलनलाई गलत तत्त्वहरूले बीचमा हाइज्याक गरे । जेनजी आन्दोलनभित्र गलत तत्त्वहरूको प्रयोग भएको छ । हाइज्याक गरेको छ । यसले मूल रूपमा जेनजी आन्दोलन रहेको छैन ।
















