भगवती कम्पोजिट इण्डष्ट्रिजले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल

काठमाडौं । भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडले आईपीओ जारी गर्ने भएको छ। भगवती कम्पोजिट इण्डस्ट्रिले ६ लाख ४४ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले आईपीओ निष्कासन प्रक्रियाका लागि नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

सम्झौतापत्रमा भगवती कम्पोजिट इण्डष्ट्रिजका तर्फबाट अध्यक्ष दक्षिणा गैह्रे न्यौपाने तथा नेपाल लाइफ क्यपिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनिष घिमिरेले हस्ताक्षर गरे । जारी पूँजीको २० प्रतिशतका दरले प्रति सेयर अंकित मूल्य १०० रुपैयाँमा आइपिओ निष्काशन गर्ने तयारी गरेको हो । भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडले विगत १५ वर्षदेखि चितवनको भरतपुरमा अत्याधुनिक प्रविधि प्रयोग गर्दै गुणस्तरीय उद्योगजन्य वस्तुहरू उत्पादन गर्दै आइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *