कृषि विकास बैंक तीन अवार्डबाट सम्मानित
काठमाडौं । कृषि विकास बैंक साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स (साफा)द्वारा आयोजित कार्यक्रममा ‘उत्कृष्ट प्रस्तुत वार्षिक प्रतिवेदन पुरस्कार’, एकीकृत प्रतिवेदन पुरस्कार’ र ‘कर्पोरेट गभर्नेन्सका लागि सार्क वार्षिकोत्सव पुरस्कार २०२४’ बाट सम्मानित भएको छ । बैंकले सार्वजनिक क्षेत्रको बैंक श्रेणीमा पुरस्कृत भएको हो ।
साफाद्वारा पकिस्तानको इस्लामावादमा २७ नोभेम्वरमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले उक्त पुरस्कार ग्रहण गरेको बैंकले जनाएको छ । पुरस्कार प्राप्तिले ग्राहक सेवा–सुविधा, पारदर्शिता, उत्कृष्टता र सुदृढ सुशासनप्रतिको निरन्तर प्रतिबद्धतालाई झल्काएको बैंकको भनाइ छ ।
















