नबिल म्युचुअल फन्डको ‘एन आई ३१’ को कारोबार सुरु
काठमाडौं । नबिल म्युचुअल फन्ड अन्तर्गतको खुलामुखी योजना ‘एन आई ३१’ का इकाइहरूको कारोबार सुरु भएको छ । कोष प्रवर्द्धक नबिल बैंक र व्यवस्थापन नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको नबिल म्युचुअल फन्ड अन्तर्गतको दोस्रो खुलामुखी योजनाको कारोबार मंसिर १५ गतेदेखि सुरू भएको हो । कम्पनीका अनुसार योजना अन्तर्गतका इकाइहरू नक्सालस्थित नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालयबाट कारोबार गर्न सकिनेछ । साथै योजना व्यवस्थापकको आधिकारिक वेबसाइटमार्फत पनि इकाइहरूको खरीद,बिक्री गर्न सकिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । इच्छुक लगानीकर्ताहरू सिस्टेमेटिक इन्भेस्टमेन्ट प्लान (एसआईपी) मार्फत योजनामा सहभागी हुन सक्नेछन् । एसआईपी अन्तर्गत लगानीकर्ताले मासिक, त्रैमासिक, अर्ध वार्षिक वा वार्षिक कुनै पनि अवधि छानेर न्यूनतम् १ हजार रुपैयाँबाट नियमित रूपमा लगानी गर्न सक्ने कम्पनीले जनाएको छ ।
















