हुन्डाई टक्सनमा काठमाडौं–कन्याकुमारी ३ दिने रोमाञ्चक रोड ट्रिप सुरु

काठमाण्डौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले काठमाडौंदेखि कन्याकुमारीसम्मको दीर्घ दूरी रोड ट्रिपमा निस्केका तीन नेपाली यात्रुहरूको साहसिक यात्राबारे जानकारी सार्वजनिक गरेको छ। अटो इन्थुजियास्ट आवासिस ओझा, बैंकर बिजय कसँजू तथा अमेरिकामा बसोबास गर्दै आएका नीरज पोखरेलले सहभागी भएको यो यात्रा १३ दिनसम्म चल्नेछ। मंसिर १७ देखि २९ सम्म सञ्चालन हुने यस यात्रामा टोलीले करिब ८,००० किलोमिटर दूरी पार गर्ने लक्ष्य राखेको छ। दैनिक ८ देखि १९ घण्टासम्मको निरन्तर ड्राइभ समावेश रहने यो यात्रा दक्षिण एशियाली भूभागमा आधारित सबैभन्दा लामो व्यक्तिगत सडक यात्रामध्ये एक मानिएको छ। यात्राका लागि श्री विजय कसँजूको हुन्डाई टक्सन प्रयोग गरिएको छ, जसलाई लामो दूरीका यात्रा, मजबुत प्रदर्शन र प्रिमियम आरामका लागि उपयुक्त मानिन्छ।

टक्सनमा अल व्हील ड्राइभ क्षमता, उच्च ग्राउन्ड क्लियरेन्स र मजबुत संरचना भएकाले मिश्रित सडक अवस्थाहरू सहजै सामना गर्न सकिन्छ। फराकिलो क्याबिन, भेन्टिलेटेड सिट र लामो यात्राका लागि आवश्यक सुविधा उपलब्ध भएका कारण यात्रुहरूले अतिरिक्त आरामको अनुभव लिने अपेक्षा गरिएको छ। टोलीले पछाडिको सिटमा क्याराभान शैलीको विश्राम स्थानसमेत बनाएको छ, जसले निरन्तर यात्रामा थकान कम गर्न सहयोग गर्नेछ। यस प्रकारका अन्तरदेशीय सडक यात्राले नेपाली यात्रुहरूमा साहसिक भावनालाई प्रोत्साहन गर्नुका साथै सीमापार पर्यटन, सांस्कृतिक आदानप्रदान र सडक सुरक्षा सचेतनामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। लक्ष्मी इन्टरकन्टिनेन्टलले टोलीलाई सुरक्षित, सहज र स्मरणीय यात्राका लागि शुभकामना व्यक्त गर्दै सफलताको कामना गरेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *