श्री एयरलाइन्सले बंगलादेश र भारतमा उडान भर्ने

काठमाडौं । श्री एयरलाइन्सलाई नेपाल नागरिक उडड्यन प्राधिकरणले अन्तर्राष्ट्रिय उडान गर्न अनुमति दिएको छ । श्री एयरलाइन्सले भारत र बंगलादेशमा उडान गर्न अनुमति पाएको हो । भारतको डिल्ली र कलकताको लागि उडान अनुमति पाएको नागरिक उड्यन प्राधिकरणले जनाएको छ । क्यानका अनुसार एयलाइन्सले गत शुक्रबार अन्तर्राष्ट्रिय उडान भर्ने अनुमति पाएको हो । त्यसैगरी बंगलादेशको ढाकामा उडान अनुमति पाएको हो ।

भारत सरकार र बंगलादेशले उडान अनुमति दिएपछि विमानले आफ्नो उडान तालिका सार्वजनिक गर्ने प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । नेपालमा रहेका चार एयरलाइन्स कम्पनीले अन्तर्राष्ट्रिय उडानको अनुमति पाएका छन् । नेपाल वायुसेवा निगम, हिमालयन एयरलाइन्स, बुद्ध एयरलाइन्स र श्री एयरलाइन्सले उडान भर्ने छन् । आन्तरिक उडान भर्ने एयरलाइन्समा बुद्ध एयरले यसअघि अन्तर्राष्ट्रिय उडानको अनुमति पाएको छ । बुद्ध एयरलाइन्सले भारतको वणारस र पटनामा उडान भर्न अनुमति पाइसकेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *