ललितपुर महानगरले अन्तर्राष्ट्रियस्तरमा राम्रो सन्देश दियो : प्रधानमन्त्री
काठमाडौं । ललितपुर महानगरपालिकाको १०७औँ वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याल पुगेका छन् । कार्यक्रममा प्रधानमन्त्री कार्कीले ललितपुर महानगरले अन्तर्राष्ट्रियस्तरसम्म पनि राम्रो सन्देश दिएको बताइन् । “ललितपुर महानगर कलात्मक सुन्दरताले जेठो महानगर हो । पाटन दरबार सौन्दर्यको जिवित संग्रहालय हो । यहाँका प्रत्येक सम्पदामा देबत्व मुस्कुराउँछ,” प्रधानमन्त्री कार्कीले भनिन् ।
अन्य नगरपालिका र समुदायका लागि समेत पाठ सिक्ने गरी ललितपुर महानगरले काम गरेको उनको भनाइ छ । यहाँको सम्पदा र पहिचानलाई अन्तर्राष्टियस्तरमा चिनाउन सफल भएकोमा नगरप्रमुखलगायतलाई उनले धन्यवाद दिइन् । सम्पदा संरक्षण, हरियाली प्रवर्द्धन, व्यवस्थित सहरीकरणकै कारण ललितपुर महानगरले अन्तर्राष्ट्रिय र राष्ट्रिय पुरस्कार पाएको विषय पनि उनले उल्लेख गरिन् ।















