सभापति थापाको उमेदवारी सर्लाही ४ मा पक्का
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही ४ मा उमेदवार बन्ने पक्का भएको छ । संसदीय बोर्ड निकट स्रोतले दिएको जानकारीअनुसार सर्लाही ४ मा उनले उमेदवारी दिने पक्का भएको हो । यसअघि सो क्षेत्र छलफलकै क्रममा रहेको महामन्त्री प्रदिप पौडेलले जानकारी दिएका थिए । अहिले थापा निकट स्रोतले दिएको जानकारीअनुसार सकेसम्म सर्लाही पुगेर मनोनयन दर्ताको प्रयास गरिने, नभए वारेसमार्फत् मनोनयन दर्ताको तयारी गरिएको स्रोतले जानकारी दियो ।
















