समुन्नत नेपालको ध्येय पूरा गर्ने कांग्रेसको प्रण

काठमाडौं । नेपाली कांग्रेसले संविधान कार्यान्वयन गर्दै समुन्नत नेपालको ध्येयलाई पूरा गर्ने प्रण गरेको छ । नेपाली कांग्रेस संघीय लोकतन्त्रको सीमाभित्र बहुलता र विवधताबीचको एकता, आम नेपालीको सच्चा राष्ट्रियता भन्ने मान्यताका साथ संविधान कार्यान्वयन गर्दै समुन्नत नेपालको ध्येयलाई पूरा गरी छाड्ने प्रण गर्दछ, कांग्रेसको प्रतिज्ञापत्रमा भनिएको छ । त्यस्तै कांग्रेसले लोकतन्त्रको रक्षा, देशको समुन्नति र नागरिकको सम्मानलाई नै आफ्नो राजनीतिको मुख्य ध्येय बनाउने प्रतिज्ञा गरेको छ । नेपाली कांग्रेस विगतमा जस्तै भविष्यमा पनि नेपाली जनताले सुम्पिएको हरेक अभिभारालाई निष्ठा र इमानदारीपूर्वक बहन गरी लोकतन्त्र, संविधान, मानवअधिकारको संरक्षण र संवर्दधनका निम्ति प्रतिबद्ध छ र स्वतन्त्रता, सुशासन र सहज सेवाप्रवाहका लागि नवयुवा विद्रोहबाट व्यक्त आकांक्षालाई सम्पूर्ण रूपले आत्मसात गर्दै तदनुरुप पार्टी पूर्णतः रुपान्तरित भएको उद्घोषका साथ लोकतन्त्रको रक्षा, देशको समुन्नति र नागरिकको सम्मानलाई नै आफ्नो राजनीतिको मुख्य ध्येय बनाउने प्रतिज्ञा गर्दछ, प्रतिज्ञापत्रमा भनिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *