शुभकामना ।।
हरी ॐ हरीॐ सधैं जपौं है
निभ्न दिन हुन्न हजुर तेल थपौं है ।
चाडै उठि बिहानिमा
तातो पानी खाउँ
फुर्ति बढाई चढाई गरी
योग गर्न जाउँ ।
नबुझ्नेलाई पनि दिउँ
योग गर्ने ज्ञान
निरोगि भै रहने छौं
नित्य गरौं ध्यान ।
पवित्रता मनभित्र
सधैं हराभरा
निरोगि भै बाच्नु पर्छ
कोहि हुन्न सहारा ।
४ वजे उठौं नित्य
बानि लगाउन
जिउँ ज्यान तन्दुरुष्टिले
रोग भगाउँन ।
आत्मा साक्षि राखि भन्छु
लिउँ योग ज्ञान
स्वस्थ्य रुप सधै भरी
फुर्तिलो यो ज्यान ।
दुखि दिनमा सबको साथ
हातेमालो थिईयो
पुरुषार्थि भावनालाई
सबले माया दिईयो ।
रिस राग गर्नु हुन्न
आत्मा राम्रो पार
ज्ञान जति बाँडे पनि
हुन्न मनलाई भार ।
नबन्दा त्यो घरभित्र
थियो नि सामना
निरन्तरता चलोस् योग
शुभ छ कामना ।
देबडोल जीवन बिज्ञान
चलोस् सधैं भरी
रिस राग गर्नु हुन्न
हरी ॐ हरी ।।
हरी ॐ हरी ॐ सधैं जपौं है
निभ्न दिन हजुर तेल थपौं है ।
















