पिपुल्स साकोसको २० औं संस्था स्थापना दिवसका अवसरमा विविध कार्यक्रम
काभ्रे । पिपुल्स बचत तथा ऋण सहकारी संस्थाको २०औं स्थापना दिवस कार्यक्रम संस्थाका अध्यक्ष निरन शाक्यको अध्यक्षतामा संस्थापक अध्यक्ष पूर्णलाल रंजितको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा स्वागत मन्तव्य संचालक सदस्य कपिल प्रसाद दुलालले राखेका थिए भने कार्यक्रम सञ्चालन सचिव सन्तोष कुमार घिमिरेले गरेका थिए । कार्यक्रममा संचालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार समिति, उप–समिति, कर्मचारी, शेयर सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार नवराज के।सीले सस्थाको विगत देखि वर्तमान सम्मको यात्रालाई प्रकाश पारेका थिए । संस्थाका अध्यक्ष निरन शाक्यबाट संस्थाको समग्र वित्तीय अवस्था र सदस्य माझ सुरक्षित लगानी मार्फत समृद्धिको लक्ष्य तर्फ अघि बढ्ने प्रतिवद्धता जनाएका थिए । संस्थाले स्थापनाका अबसरमा विविध कार्यक्रम गरेको प्रवन्धक नवराज सापकोटाले बताए । कार्यक्रममा निर्वाचित संस्थाका सल्लाहकार सम्मान कार्यक्रम, उत्कृष्ट सदस्य सम्मान, –समवेदना सहयोग रकम वितरण, –स्वास्थ्य उपचार सहयोग रकम वितरण कार्यक्रम, – खुल्ला रक्तदान, –सहकारी शिक्षा तथा वित्तिय साक्षरता कार्यक्रम गरिएको सापकोटाले बताए । कार्यक्रममा २८औं वार्षिक साधारण सभाबाट संस्थाका सल्लाहकार राजन सापकोटा र नवराज के।सी। संचालक समिति सदस्य तथा लेखा सुपरिवेक्षण समिति सदस्य हरुलाई सम्मान गरिएको थियो । त्यसै गरी आ.व.०८१।८२ मा उत्कृष्ट बचत कारोबार तथा ऋण कारोबार गर्ने सदस्यहरुलाई ९ वटा विधामा १० जना उत्कृष्ट सदस्यहरुलाई सम्मान गरिएको थियो । संस्थाको न्युनतम रु.१०,०००।–(१०० कित्ता) बराबरको शेयर खरिद र नियमित बचत गरेका सदस्यहरुलाई उक्त कोष मार्फत स्वयं र एकाघरको परिवारको मृत्यु भएको अवस्थामा संस्थाले राहत स्वरुप रु. ५ हजार प्रदान गर्दै आएको छ ।
आ.व.०८२।०८३ को फागुन १५ गते सम्म प्राप्त विवरणका आधारमा सो कार्यक्रममा उक्त राहत वितरण गरिएको सापकोटाले बताए । त्यसै गरी २ जना सदस्यलाई स्वास्थ्य उपचार सहयोग रकम हस्तान्तरण गरिएको थियो । त्यस्तै संस्थाको २० औं स्थापना दिवसको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रम गरी महिला ५ जना र पुरुष १७ जना गरी जम्मा २२ जना रक्तदाता सहभागी भई अमुल्य रक्तदान गरेका थिए । त्यसै गरी सदस्यका निमित्त सदस्य शिक्षा, वित्तीय साक्षरता एवं प्रविधि साक्षरता कार्यक्रम आयोजना गरिएको थियो । उक्त साक्षरता कार्यक्रममा महिला ३४ जना र पुरुष १० जना गरी जम्मा ४४ जना सदस्य सहभागि रहेका थिए । उक्त साक्षरता कार्यक्रम प्रबन्धक नवराज सापकोटाबाट संस्थाको विविध जानकारी सहित सहकारी शिक्षा एवं वित्तीय साक्षरता बिषयमा जानकारी दिएका थिए ।
















