अछाम–१ मा भीम रावललाई पराजित गर्दै कांग्रेसका स्वाँर विजयी
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावल अछाम–१ बाट पराजित भएका छन् । नेपाली कांग्रेसका नेता भरतबहादुर स्वाँरसँग ५२६ मतले पराजित भएका हुन् । स्वाँरले १० हजार ७५९ मत प्राप्त गर्दा रावलले १० हजार २३३ मत पाएका छन् । यस क्षेत्रमा नेकपा एमालेका उम्मेदवार दीपकबहादुर साउदले ७ हजार ३८९ मत ल्याउँदा रास्वपाका ओमप्रकाश रावलले १ हजार ७३९ मत प्राप्त गरे ।
















