काठमाडौँ उपत्यकामा असिनासहित वर्षा

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज हावाहुरी र असिनासहित वर्षा भएको छ । वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौँ उपत्यकालगायतका विभिन्न स्थानमा तीव्र हावाहुरीसहित वर्षा भइरहेको र यो अझै तीव्र हुनसक्ने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागले आज नै अपराह्नपछि नै विशेषगरी तराईका केही जिल्लामा हुरीसहित असिना पानीका कारण मानवीय र भौतिक क्षति हुनसक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *