चट्याङ लागेर दुई जनाको मृत्यु

सप्तरी । बोदेबरसाईन नगरपालिका–३ मधुबन टोल बस्ने ६५ वर्षीय सत्य नारायण यादव र ६० वर्षीय रामजी यादवको चट्याङ लागेर बिहीबार मृत्यु भएको छ । 

सोही ठाउँस्थित बियुल खोलामा गाई चराउन गएको अवस्थामा अचानक चट्याङ परी उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।  २०७९ साल सुरु भएयता चट्याङ लागेर देशभर २६ जनाको मृत्यु भइसकेको छ । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *