कुमारी बैंकका ग्राहकलाई सुप्रिम डेन्टलमा छुट
काठमाडौं । कुमारी बैंक र बनेपास्थित सुप्रिम डेन्टल केयरबीच सम्झौता भएको छ । बैंक र डेन्टल केयरबीच बैंकका कार्डवाहक ग्राहकलाई डेन्टः सेवामा विशेष छुट दिने सम्झौता भएको हो ।
यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहकले सो डेन्टल केयरबाट सेवा लिए वापत कुनै पनि भुक्तानी बैंकको डेबिट र क्रेडिट कार्डबाट गर्दा सामान्य दन्त सेवामा १५ प्रतिशत, ओर्थोदोंतीक्समा १० प्रतिशत, पेदोदोंतिक्समा १५ प्रतिशत, प्रोसथोदोंतिक्समा १५ प्रतिशत, एण्डोदोंतिक्समा १५ प्रतिशत र डेन्टल इम्प्लान्ट्समा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।