फिसटेल लज, अन्नपूर्ण जगतपुर लज र प्रभु बैंकबिच छुट सम्झौता

काठमाडौँ । पोखरास्थित फिसटेल लज पोखरा, अन्नपूर्ण जगतपुर लज प्रालि र प्रभु बैंक लिमिटेडबिच छुटसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । बुधबार प्रभु बैँकका तर्फबाट चिफ मार्केटिङ अफिसर दीपेन्द्रबाबु विष्ट र फिस टेल लज पोखरा तथा अन्नपूर्ण जगतपुर लजका तर्फबाट बिक्री तथा मार्केटिङ क्लस्टर निर्देशक सनीस महर्जनले पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले सेवा तथा सुविधा लिएबापत विशेष छुट पाउने छन् । यो सुविधा प्राप्त गर्नको निमित्त बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैंकका अन्य कुनै विद्युतीय प्रणालीद्वारा विल भुक्तानी गर्नुपर्ने छ । उनीहरूले आवास तर्फ विशेष संस्थागत छुट साथै खाना तथा पेय पदार्थमा १० प्रतिशत –१५ प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *