दीपक भट्ट, सुलभ अग्रवालको घर र हिमालयन रि-इन्स्योरेन्सको कार्यालयमा छापा
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको घर र हिमालयन रि- इन्स्योरेन्सको कार्यालयमा छापा मारेको छ । मंगलबार निजी निवास र हिमालयन रि- इन्स्योरेन्सको कार्यालयमा छापा हानेको स्रोतको भनाइ छ । छापा मारेर अनुसन्धानका लागि आवश्यक कागजात लिएको विभागका एक कर्मचारीले जानकारी दिए । सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका दीपक र सुलभ हाल हिरासतमै रहेका छन् । दीपक भट्ट निजी क्षेत्रको रिइन्स्योरेन्स कम्पनी हिमालयन रिइन्स्योरेन्स कम्पनीका ठूला शेयरधनीमध्ये एक हुन् ।
















