मुगुमा पहिलो पटक नेपाली सेनामा भर्ना

काठमाडौं । हिमाली जिल्ला मुगुमा पहिलो पटक नेपाली सेनामा भर्नाको परीक्षा भएको छ । रारा राष्ट्रिय निकुञ्‍जमा रहेको श्रीबक्स गुल्म र गमगढीस्थित नन्दबक्स गुल्मले पहिलो पटक ५० सैनिक कोटाका लागि भर्ना परीक्षा लिएका हुन् । जसमा पाँच महिलासहित ५० सैनिक जवान कोटाका लागि भर्ना प्रक्रिया सुरु भएको हो ।

५० कोटाका ५१ महिलासहित २ सय ८१ जनाको आवेदन परेको नन्दबक्स गुल्मका सेनानी प्रवेश लिम्बुले बताए । भर्ना हुन मुगुसहित हुम्ला, जुम्ला, बाजुरा, बर्दिया, दैलेख सुर्खेतबाट युवा पुगेका छन् ।

शारीरिक परीक्षण र प्रारम्भिक मेडिकल परीक्षण पश्चात लोकसेवाले लिखित परीक्षा लिनेछ । परीक्षाका लागि आयोगसँग परामर्श भइरहेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *