बिजुली तारमा हिँडेका माइलालाई काठमाडौंमा संस्थाको जिम्मा लगाइयो

काठमाडौं । ककनीको त्रिशूली थ्रि ए को प्रसारण लाइनमा हिँडेका माइला विकलाई काठमाडौंमा रहेको एक संस्थाको जिम्मा लगाइएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका-१३ घलेगाउँ घर भएका विकलाई काठमाडौंको तार्केश्वर नगरपालिकाको फुटुङस्थित नवजीवन परोपकार संस्थाको जिम्मा लगाइएको हो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक रूपक खड्काका अनुसार संस्थाले हेरचाह र उपचार गराउँछौं भने पछि जिम्मा लगाइएको हो । ककनी गाउँपालिका-७ स्थित विद्युत प्रसारण लाइनमा शनिबार उनी हिँडेका थिए । उनलाई नेपाली सेनाको टोलीले राति उद्धार गरेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *