युवाहरुको सहभागिता बेगर अबको राजनीति चल्छ भन्नू मुर्खता हो

काठमाडौँ । अहिलेको दुषित राजनीति , भ्रष्ट प्रशासन संयन्त्र र राज्यका अदुरदर्शी नीतिहरुका कारण आम मानिसका लागि सबै अवसरहरू बन्द भइरहेका छन् । राजनीतिलगायत महत्वपूर्ण क्षेत्रमा धनवाद, डनवाद, नातावाद, कृयावाद र फरीयावादको कारण आम मानिसका लागि अवसरका ढोकाहरु बन्द हुँदै गएका हुन ।

पार्टीगत राजनीतिमा आम कार्यकर्ताका लागि उचित अवसरका ढोका कसरी खोल्ने रु नेपाली राजनीतिमा वंशवाद चरम रूपमा सधै हाबी हुन्दै आईरहेको कसैबाट छिपेको छैन । सबै पालिका, जिल्ला, प्रदेश र केन्द्रमा केही परिवारहरू सधै हाबी छन, जुन महत्त्वपूर्ण ठाउँमा छन्, यो दुर्भाग्यपूर्ण हो र तर सत्य पनि हो । यस्ता दृष्टान्तबाट कुनै पनि महत्वपूर्ण क्षेत्र अवसरबाट वञ्चित भएकोमा इमान्दार कार्यकर्ताहरू आक्रान्त र निराश छन् ।

पार्टीका आम कार्यकर्ताहरु विगतमा चुपचाप रहदै आएपनि अब चाहिँ सहनशीलताको हदम्याद पार भैसकेको अवस्थाका कारण, अब चुप बस्न सक्ने अवस्था छैन ।जबसम्म देशमा रहेका पार्टीहरूले आम कार्यकर्ता र युवालाई खुसी पार्ने खालका कार्यक्रमहरु ल्याउँदैनन्, तबसम्म ऊनीहरु शान्त हुन सक्तैनन् । पार्टीका कार्यकर्ताहरू आफ्नो पार्टी पंक्तिको गलत नीतिको विरुद्धमा पछि हट्ने स्थिति अहिले देखिँदैन । युवाहरुको नेतृत्वमा संलग्नताले हरेक कार्यक्रमहरूमा युवाहरूलाई पनि फाइदा पुर्याउन हुनाले उनीहरुलाई पनि देश विकासमा आफ्नो भुमिका भएको पाउँदा खुशी हुनसक्छन् ।

युवाहरूसँगको साझेदारीमा विकास गरिएका कार्यक्रमहरूमा जनमानसलाई पनि संलग्न गराउन सक्यो भने निकै प्रभावकारी हुने सम्भावना बढी हुन्छ । यसो गर्न सकियो भने युवाहरूलाई यसले ठूलो प्रभाव पार्छ । युवाहरूलाई प्रभाव पार्ने निर्णयहरू गर्न युवाहरूलाई साझेदारको रूपमा संलग्न गर्नाले राजनीति उनीहरूको दैनिक जीवनको हिस्सा बन्ने सम्भावना प्रबल हुन्छ ।युवाहरूलाई समुदायका आवश्यकताहरू पहिचान गर्न र प्रतिक्रिया दिन हौसला प्रदान गर्नु अत्यन्त जरुरी छ । युवाको सशक्तिकरणले युवाहरूलाई समानुभूतिशील, चिन्तनशील व्यक्ति बन्न मद्दत गर्दछ । अर्थपूर्ण रूपमा युवाहरुको संलग्नताले युवाहरूलाई निर्णय प्रक्रियामा सिनियरहरूसँग समान साझेदारको रूपमा हातेमालो गर्ने परिपाटी बसाल्न अब ढिला गर्नुहुन्न । देश विकासका हरेक कार्यक्रम र गतिविधिहरूमा युवाहरूको संलग्नता भयो भने युवाहरू पनि उत्प्रेरित भएर देश विकासमा समाहित हुन्सक्छन । यस प्रकारको समान साझेदारीमा युवा र सिनियर नागरिक एकजुट रूपमा अगाडि आउँदा समाज र राष्ट्रको भलो हुन्छ । यसरी परिवर्तन गर्न सबै जिम्मेवार निकायहरू खुला रूपमा जिम्मेवार हुनुपर्छ ।

साझेदारीको लागि एकीकृत दृष्टिकोण सबै साझा गरिनुपर्छ । अबका आउँदा दिनहरुमा देश तथा विदेशमा रहेका शिक्षित र इमान्दार युवाहरुलाइ राजनैतीक तथा आर्थिक क्षेत्रमा समान अबसर प्रदान गर्नु अत्यावश्यक भैइसकेको छ । छिट्टै पार्टीहरूले निष्पक्ष र पारदर्शिताका साथ विभिन्न पदमा युवालाई अवसर दिने अपेक्षा आम जनमानसले राखेका छन । फेरिपनि पुरानै ढर्राबाट सरकार र पार्टी सञ्चालन भएको खण्डमा राज्य विप्लवको लागि माहोल तयार भएर जानसक्ने देखिन्छ । किनकि अहिलेका युवाहरूको परिकल्पना, करियर र शैक्षिक छनौटहरूमा परिवार र साथीहरूको प्रभाव घट्दै गएको छ । युवाहरूको उत्पादनशील रोजगारीका अवसरहरूमा सहभागिता गराउन सकेको खण्डमा उनीहरूका व्यक्तिगत आकांक्षाहरू पनि परिपुर्ति हुनेछ र यसले समग्रमा सकारात्मक परिवर्तन सहित देश विकासमा टेवा पुर्याउन मद्दत गर्नेछ । युवाहरुको सहभागिता बेगर अबको राजनीति चल्छ भन्नू मुर्खता हो । बेलैमा होस पुर्याउदा राम्रो नत्र पछि पछुताउनु पर्ला ।
सबै पार्टीका मुखीयाहरुलाई चेतना भया ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *