कांग्रेस संसद् समन्वय बोर्डको पहिलो बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसद् समन्वय बोर्डको पहिलो बैठक आज बस्दै छ । पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्ण दुलालका अनुसार, बोर्डको पहिलो बैठक दिउँसो ३ बजे बस्नेछ । नेपाली कांग्रेस संसदीय दलको विधान संशोधन र परिमार्जनसहित, २०८३ को धारा २१ बमोजिम गठन भएको बोर्डको बैठक बस्न लागेको हो । बैठकमा बोर्डका सदस्यहरूको उपस्थिति रहने दुलालले बताए । पार्टीभित्र संसद्सम्बन्धी काम, रणनीति र समन्वयका लागि कांग्रेसले बोर्ड गठन गरेको छ ।

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार, पार्टी सभापतिले बोर्डको नेतृत्व गर्नेछन् । प्रतिनिधिसभा र राष्ट्रियसभाका संसदीय दलका नेता, उपनेता, प्रमुख सचेतक, सचेतकहरू र महामन्त्रीहरू बोर्डमा रहन्छन् । संसदीय समितिमा रहेका प्रमुख, कांग्रेस नेता र वरिष्ठ नेताहरूलाई पनि आवश्यकताअनुसार बोर्डमा रहने व्यवस्था छ । बोर्डले संसद्‌मा पार्टीको एकीकृत धारणा तय गर्ने, विधेयक, नीति, गठबन्धन वा रणनीतिमा समन्वय गर्ने गर्छ । सांसद र पार्टी नेतृत्वबीच सम्पर्क सेतुको काम बोर्डले गर्ने गर्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *