भक्तपुर बचत संघद्वारा पारिजात साकोस जिल्ला स्तरीय उत्कृष्ट पुरस्कारबाट सम्मानित

भक्तपुर । सूर्यविनायक नगरपालिका ५ सल्लाघारीमा रहेको पारिजात बचत तथा ऋण सहकारी संस्था भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले २२ औं स्थापना दिवसको अवसरमा जिल्लास्तरीय उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारबाट सम्मानित भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले संस्थाका अध्यक्ष टंकराज काफ्लेलाई उक्त पुरस्कार प्रदान गरेका थिए । संस्थाले ८२ अंक सहित जिल्ला स्तरीय उत्कृष्ट पुरस्कार प्राप्त गर्न सफल भएको हो । संघमा आवद्ध सदस्य संस्थाहरु मध्ये आर्थिक बर्ष २०८१।८२ मा जिल्लास्रीय व्यवसायिकता उत्कृष्टता प्रदर्शन गरेको भन्दै उक्त पुरस्कार प्रदान गरिएको संघका अध्यक्ष हरिकृष्ण बल्लले बताए । संस्थामा आवद्ध सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक उत्थानको लागि खेलेको भूमिकाको उच्च मुल्याङ्कन गर्दै यो सम्मान प्रदान गरिएको संघले जनाएको छ । भविष्यमा समेत सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरणमा निरन्तर क्रियशिल रही संघका हरेक क्रियाकलापमा सक्रिय सहभागिताको अपेक्षा संघले गरेको छ ।

संस्थाका अध्यक्ष काफ्लेले यो पुरस्कारले सदस्य र समुदायप्रति थप जिम्मेवारी बनाएको बताए । सम्मानले संस्थाको सक्षम व्यवस्थापन,पारदर्शी कार्यप्रणाली, सदस्यमैत्री सेवा प्रवाह तथा सहकारी सिद्धान्तप्रति दृढ प्रतिवदतालाई थप उजागर गरेको प्रतिक्रिया उनले दिए । त्यसका साथै संस्थाको निरन्तर प्रगति, संस्थागत सुदृढीकरण तथा समग्र सहकारी क्षेत्रको दिगो विकासमा अझ महत्वपूर्ण योगदान पु¥याउन हौँसला प्रदान गरेको उनको भनाई छ । यस आर्थिक बर्षको चैत्र मसान्तसम्मको वित्तीय विवरण अनुसार संस्थाको शेयर पुँजी १० करोड ६७ लाख, जगेडा कोष ९ करोड ३० लाख, विभिन्न कोषहरु २ करोड ७० लाख र कुल बचत ८५ करोड ८५ लाख ९८ हजार रहेको छ । त्यसैगरी संस्थाले ८३ करोड ४७ लाख ऋण लगानी गरी कुल सम्पत्ति १ अर्ब ११ करोड २४ लाख पु¥याउन सफल भएको छ । संस्थामा २ हजार ७६९ सदस्य आवद्ध रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *