प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस
काठमाडौं । प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस भएको छ । सोमबारको बैठकमा मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिवेदन पेस गरेका हुन् । चैत २३ गते १५ सदस्यीय समिति गठन भएको थियो । उक्त समितिले बनाएको प्रतिवेदन यसअघि नै सभामुख डोलप्रसाद अर्याललाई हस्तान्तरण गरिएको थियो ।
















