एथर स्कुटर अब बिर्तामोडमा पनि

बिर्तामोड । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड एथर नेपालले बिर्तामोडमा आफ्नो नयाँ एथर एक्सपेरियन्स सेन्टर सञ्चालनमा आएको छ । आइतबारदेखि सञ्चालनमा आएको नयाँ सेन्टरको डिलर व्यवस्थापन भुर्तेल इनर्जी प्रालिले गरेको छ । बिर्तामोडमा नयाँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा आउनु कम्पनीको देशभर आधुनिक, स्मार्ट, उच्च प्रदर्शनयुक्त तथा दिगो यातायात समाधानलाई ग्राहकसम्म पुर्याउने यात्रामा अर्को महत्वपूर्ण उपलब्धि भएको बताइएको छ । बिर्तामोडमा एक्सपेरिन्स सेन्टर सञ्चालनमा आएसँगै एथरको देशभर ११ वटा यस्तो सेन्टर पुगेका छन् । काठमाडौं उपत्यकाभित्र ५ वटा केन्द्रसहित पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर र अब बिर्तामोडमा एथरको उपस्थिति विस्तार भएको छ। साथै, ग्राहकलाई उत्कृष्ट बिक्रीपछिको सेवा तथा सहज स्वामित्व अनुभव प्रदान गर्न देशभर १० वटा आधिकारिक सर्भिस सेन्टर पनि सञ्चालनमा रहेका छन्। एथरले दुई पांग्रे इभी सेग्मेन्टमा सबैभन्दा लामो ८ वर्षसम्मको एक्सटेन्डेड ब्याट्री वारेन्टी समेत दिँदै आएको जनाएको छ । नयाँ एक्सपेरियन्स सेन्टरमा एथरका सबै उत्पादन उपलब्ध हुने कम्पनीको भनाइ छ । जसमा एथर ४५० सिरिज तथा एथर रिट्जा समावेश छन् । बिर्तामोडको एक्सपेरियन्स सेन्टरमा ग्राहकहरूले स्कुटरको लाइभ डिस्प्ले, प्रडक्ट डेमोन्स्ट्रेसन अनुभव लिनुका साथै एथर ४५० सिरिज् र रिज्ताको पनि टेस्ट राइड गर्न सक्नेछन् । यस्तै फाइनान्सिङ र एक्सचेञ्ज सुविधार र इभी ओनरशीप तथा चार्जिङसम्बन्धी परामर्श लिन सकिने कम्पनीको भनाइ छ । एथर बिर्तामोडमा सञ्चालनमा आएको अवसरमा कम्पनीले जेठ १७सम्मलाई आकर्षक अफर समेत ल्याएको छ । जसअनुसार एस्टेन्डेड ब्याट्री वारेन्टी, शून्य प्रतिशत ब्याजदरमा फाइनान्सिङ सुविधा लगायत पाउन सक्नेछन् ।











