मधेशमा मन्त्रिपरिषद् विस्तार, पाँच मन्त्री नियुक्त

जनकपुरधाम । मधेश सरकारमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पाँच मन्त्री नियुक्त गरेका हुन् । अर्थमा नेकपाका युवराज भट्टराई, एमालेबाट भौतिकमा मोहम्मद समिर, श्रम तथा यातायात मन्त्रीमा शारदादेवी थापा, युवा तथा समाज कल्याणमन्त्रीमा लखनदास र शिक्षा तथा संस्कृति मन्त्रीमा मनोज सिंहलाई नियुक्त भएका छन् । यस्तै कांग्रेसबाट स्वास्थ्यमा नगेन्द्र शाह नियुक्त भएका छन् । यसअघि जंगीलाल राय थिए । उनलाई हटाइएको छ । नवनियुक्त मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् ।










