जगदम्बा मोटर्सले टीभीएस रोनिनका दुई नयाँ भेरियन्ट ‘मोनोटोन’ र ‘एगोन्डा’ सार्वजनिक

काठमाडौं । टीभीएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक राष्ट्रिय वितरक जगदम्बा मोटर्स प्रालिले नेपाली बजारमा ‘टीभीएस रोनिन’ का दुई नयाँ प्रिमियम भेरियन्टहरू’मोनोतोन’र ‘एगोन्डा’ सार्वजनिक गरेको छ । काठमाडौँको ठमेलस्थित ‘क्लब नोभा’ मा आयोजित एक विशेष साङ्गीतिक कार्यक्रमका बीच यी भेरियन्टहरूको सार्वजनिक गरिएको हो । यी नयाँ मोडलहरूले नेपालको द्रुत गतिमा बढिरहेको प्रिमियम मोटरसाइकल खण्डमा बोल्ड स्टाइल र आधुनिक रेट्रो चरित्रको नयाँ मिश्रण थप गरेको कम्पनीले जनाएको छ । नयाँ भेरियन्टहरू मध्ये टीभीएस रोनिन मोनोटोनको मूल्य ४ लाख २९ हजार ९०० रुपैयाँ र टीभीएस रोनिन एगोन्डाको मूल्य ४ हजार ३९ हजार ९०० रुपैयाँ (एक्स शोरूम) तोकिएको छ । मोनोतोन भेरियन्ट आकर्षक ‘लाइटनिङ ब्ल्याक’ र ‘म्याग्मा रेड’ रङहरूमा उपलब्ध हुनेछ भने एगोन्डा भेरियन्ट ‘पर्ल ह्वाइट’ रङमा उपलब्ध हुनेछ । यी मोटरसाइकलहरूले आधुनिक क्रुजिङ र युवासम्मक्षित प्रिमियम राइडिङ अनुभवलाई प्राथमिकता दिएका छन् । विशेषगरी भारतको गोवास्थित प्रसिद्ध एगोन्डा बीचको घाम र बालुवाको भावनाबाट प्रेरित ‘एगोन्डा’ भेरियन्ट टीभीएस रोनिनकै पहिलो ‘कस्टम(इन्स्पायर्ड’मोडल हो । यसमा चम्किलो सेतो आधार, फ्युल ट्याङ्की र हेडलाइट कभरसम्म फैलिएको डिजाइन र प्रतिष्ठित अल एलईडी टी फेस हेडल्याम्पको वरिपरि सेतो हेडल्याम्प काउल रहेको छ ।

फ्युल ट्याङ्कीमा प्रयोग गरिएका निलो र रातो रेट्रो पिनस्ट्राइपहरुले यसलाई उत्कृष्ट ट्रिपल टोन लुक्स प्रदान गर्नुका साथै सहरमा सबैको ध्यानाकर्षण गर्ने आकर्षक बनाएका छन् । प्राविधिक पक्षतर्फ, टीभीएस रोनिनमा २२५.९ सीसीको परिष्कृत इन्जिन प्रयोग गरिएको छ । यसले ७,७५० च्एः मा २०.४ पीएस पावर र ३,७५० आरपीएममा १९.९३ एनएम टर्क प्रदान गर्दछ । सवारी चालकको सहजताका लागि यसमा ‘ग्लाइड थ्रु टेक्नोलोजी’, सहज गियर परिवर्तनका लागि ‘असिस्ट एण्ड स्लिपर क्लच’, र उत्कृष्ट ह्यान्डलिङका लागि ४१ एमएमको ‘अपसाइड डाउन’ फ्रन्ट फोर्कहरू जस्ता अत्याधुनिक विशेषताहरू समावेश छन् । विश्वव्यापी रूपमा ९० भन्दा बढी देशहरूमा उपस्थिति जनाएको र १०० वर्षको विरासत बोकेको टीभीएस मोटर कम्पनीले नेपाली उपभोक्ताहरूलाई उच्च गुणस्तरको सेवा प्रदान गर्दै आएको छ । जगदम्बा मोटर्सले नेपालभर आफ्नो विस्तृत नेटवर्क र ‘आफ्टर(सेल्स सपोर्ट’ मार्फत प्रिमियम राइडिङ संस्कृतिको प्रवद्र्धन गरिरहेको छ । थप जानकारीका लागि कम्पनीको आधिकारिक वेबसाइट वा सम्पर्क व्यक्तिहरू दिपेश दाहाल र करुणा पुडासैनीलाई सम्पर्क गर्न सकिनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *